Duration 17:57

बट्टाई पालन कसरि गर्ने | | Quail Farm in Nepal | | battai palan in nepal | | successful farmer story | कृषि

195 938 watched
0
2.3 K
Published 17 Jun 2018

धापासी हाइटको सानो टहरो । टहरोभित्र सानो खोर । त्यही खोरमा चिर्बिराइरहेका बट्टाईहरुको साथमा हुर्कदै छ, कृष्णमानको ‘ठूलो सपना’ । उमेरले त कृष्णमान ३० वर्षका भए । तर, बट्टाईका मामिलामा उनी परिपक्व बुज्रुकजस्तै भइसके । युवा उमेरको यो उत्साहलाई उनले नयाँ अनुभव लिने र त्यसलाई सकेसम्म धेरैमाझ पुर्‍याउने सपनासँग जोडेका छन् । १२ वर्षको उमेरदेखि उनले प्लम्बिङ र इलेक्ट्रिसियनको काम थालेका थिए । २८ वर्षको हुँदासम्म उनका हातमा हथौडा, पेन्चिस, टेस्टर र रेन्चु छुटेनन् । दुई वर्षयता उनको दैनिकी फेरिएको छ । अब उनको हातमा चिर्बिराउन थालेका छन्-बट्टाई । साँझ विहान बट्टाईकै स्याहार सुसारमा व्यस्त कृष्णमानले बाँच्ने नयाँ कला सिकेका छन् । जिन्दगीलाई नयाँ तरिकाबाट जिउने अठोट पनि यसले दिलाएको छ । हो, अब उनी बट्टाई पालन व्यवसायबाट अलग्गिने कल्पना नै गर्न सक्दैनन् । बट्टाई ? बट्टाई जंगली पन्छी हो । यो तित्रो चरोको जस्तो रंग भएको, भंगेरो प्रकृतिको तर भंगेरोभन्दा केही ठूलो हुन्छ । छोटो पुच्छर भएको यो पन्छी खेतका आली र दुलादुलीमा गुँड बनाएर बस्छ । बट्टाई जंगली पन्छी भए पनि प्रविधिले कुखुराजस्तै पाल्न मिल्ने बनाइसक्यो । संसार सम्मुनत हुँदै जाँदा थरी-थरी स्वाद चाख्ने मानवीय प्रवृत्तिको विस्तारले बट्टाई पालनको सुरुवात भयो । जापानबाट सुरु भएको बट्टाई पालन नेपालमा पनि फैलिँदैछ । कृष्णमानले यसैका लागि झण्डै १६ वर्षदेखि गर्दै आएको निर्माण प्राविधिकको काम छाडिदिए । दुई वर्षको अवधिमै कृष्णमानले बट्टाई पालनको नौलो अनुभव संगालेका छन् । ‘ज्यानले सकिन्जेल त हथौडा चलाइन्थ्यो होला, एक दिन बिरामी परेँ भने कमाइ नै बन्द हुने भयो’, उनी भन्छन्, ‘अब म बट्टाई पालनमै हुन्छु । बट्टाई पालनलाई कुखुरापालनजस्तै देशभर फैलाउने धोको पूरा गर्नेछु ।’ आम्दानीको कुनै पीर छैन उनलाई । भएको कमाइले घर परिवार चलाउन समस्या छैन । जेनतेन चलिरहेको जिन्दगीलाई बट्टाईसँगै उडाउने सपना उनीसँग छ । आजभोलि त उनलाई फोन उठाएरै भ्याइनभ्याइ छ । बट्टाईं र यसको अण्डाको माग गर्ने, पालनको आइडिया लिने अनि आफूले पनि व्यवसायिक पालन गर्ने भन्दै बट्टाईका चल्ला लिन आउने प्रशस्तै छन् । ‘मैले मागअनुसार दिन नै सकेको छैन’, उनी भन्छन्, ‘म हरदम व्यस्त हुन पाएको छु । विविध अनुभव र हौसला सँगालिरहेको छ्ु ।’ बट्टाई पालनका ‘गुरु’ बट्टाई पालनमा अनुभवले उनी पूर्ण तिखारिएका त छैनन्, तैपनि सिक्दैछन्, सिकाउँदैछन् । उनको बट्टाई फर्ममा अहिले दैनिक ५ देखि १० समूह बट्टाई पाल्ने आइडिया लिन पुग्छन् । दम, युरिक एसिड, मुटुरोग, बाथ रोग र हाडजोर्नीको समस्या भएका बिरामीका लागि बट्टाईको मासु लाभदायक हुन्छ । अहिले उनी देशभर बट्टाई पालनको ज्ञान बाँड्दैछन् । सिकाउन उनी कतै जानै पर्दैन, फर्ममै आउनेहरुबाट उनको ज्ञान फलिँदैछ । देशका विभिन्न ठाउँबाट आएका युवाले उनीसँग सिकेरै यो व्यवसाय थालेका छन् । ‘यो सबैतिर फैलाउन जरुरी छ, बट्टाईको फाइदा कति छ भनेर थाहा दिन जरुरी छ । पाल्ने र खाने दुबैका लागि यो महत्वपूर्ण छ,’ श्रेष्ठ भन्छन् । शुक्रबार कृष्णमानलाई भेट्न पुगेका दाङका दिपेन्द्र एमसीलाई उनी भन्दै थिए, ‘२ लाखसम्ममा नै यो व्यवसाय थालिहाल्न सकिन्छ । ५ लाखसम्म खर्च गर्नुभयो भने ३ देखि ६ महिनामा लगानी उठाएर तपाईं नाफामा जान थाल्नुहुन्छ ।’ बढदैछ, बट्टाईको बजार धापासी हाइटमा सानो फर्म खडा गरेर व्यवसाय चलाइरहेका छन् श्रेष्ठले । उनका फर्ममा अहिले २ हजारभन्दा बढी बट्टाई छन् । यिनले दिनमा हाराहारी १ हजार अण्डा दिन्छन् । त्यो अण्डालाई उनले बालाजुको ह्याचरीमा लैजान्छन् र चल्लाका रुपमा कोरल्छन् । त्यो चल्लालाई ३ हप्तासम्म पालेपछि उनले पाल्न चाहानेहरुलाई उपलब्ध गराउँ छन् । बट्टाईको चल्लालाई प्रतिगोटा १५० देखि २ सय रुपैयाँसम्ममा बिक्री गर्छन् । मासु खान चाहनेका लागि एउटा बट्टाईको १३० देखि १५० रुपैयाँसम्म लिन्छन् । भर्खरै अण्डा पार्न सुरु गरेका बट्टाईमात्र पाल्नका लागि उनी उपलब्ध गराउँछन् । १० वटाभन्दा बढी बट्टाईको मासु माग गर्नेलाई घरसम्मै निःशुल्क डेलिभरी पनि गर्छन् । बजारमा समस्या नहोस् भनेर विभिन्न तरिकाहरु लगाएका छन् । पछिल्लो समयमा बजारका लागि समस्या परेको पनि छैन, उनलाई । ‘सुरुमा मैले ३ हजार वटा अण्डा सित्तैमा बाँडे । त्यसको स्वाद परेकाहरु यहीँ नै किन्न आए,’ उनी पुरानो अनुभव सुनाउँदै भन्छन्, ‘अहिले त्यस्तो अवस्था छैन । नियमित रुपमा मकहाँबाट मासु डिमान्ड गर्नेहरु धेरै हुनुहुन्छ ।’ अहिले काठमाडौंको बजारमा बट्टाईको माग छ । स्थानीय क्षत्रेमा निकै मिहिनेत गरेर कृष्णमानले बट्टाईको मासुको बजार विस्तार गर्दैछन् । मासु पसल, मिट मार्ट लगायतसँग समन्वय गरेरै उनले बजार विस्तार गरेका हुन् । भिडियोमा हेर्नुस् सुरुमा बजार बनाउँदा पाएको सस्तीको उनलाई राम्रो सम्झना छ । तर, हतास भएनन् । हरेस नखाएकै कारण आजको सफलता पाएकोमा उनी स्पष्ट छन् । ‘सुरुमा त मैले फुटपाथमा बसेर यसको अण्डा बेचें । यसबारे बुझाएँ । त्यसपछि मात्रै बजारले पत्यायो,’ उनी भन्छन्, ‘जसले जहाँ यो व्यवसाय गरेपनि स्थानीय बजार नलिई हुँदैन । त्यसका लागि बिजनेश टि्रकहरु लाउनुपर्छ ।’ मासु पसलहरुमा उनी चरा छाडिदिन्छन् । बिक्री भएपछि पसलेहरुले सम्झौताअनुसार रकम दिन्छन् । विभिन्न रोगमा उपयोगी बट्टाईको मासु स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ । also more agriculture information contact us facebook- https://www.facebook.com/Bosagriculture45/?ref=aymt_homepage_panel twitter-https://twitter.com/bosagricare website-http://bosagriculture.blogspot.com/ NOTE : All content used is copyright to Bos agriculture, Use or commercial display or editing of the content without proper authorization is not allowed

Category

Show more

Comments - 262